Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाेटेकाेशी बाढी : मृत्यु हुनेको संख्या हजार नाघ्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी हालसम्म एक हजार तीन जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार चितवनमा ३२१, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवको संख्यामा विभिन्न मानव अङ्गसमेत समावेश छन् ।

विपद्मा परी हालसम्म २७९ जना घाइते भएका छन् । घाइतेमध्ये १६८ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन् । नेपाली सेनामार्फत हालसम्म दुई हजार ७४० जनाको स्वास्थ्य उपचार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण तीन हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । बेपत्तामध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमनका तीन, क्वारेन्टाइन कार्यालयका तीन तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी रहेका छन् ।

प्राधिकरणका अनुसार रसुवाबाट करिब ८६५, नुवाकोटबाट एक हजार ५५८ र विभिन्न जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा ५८३ विदेशी नागरिक तथा विदेशी पर्यटकसँगै गएका १६४ नेपाली नागरिकसमेत रहेका छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका नौ हजार १९९, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना छन् ।

हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी २७३ विदेशी र तीन हजार ५०९ नेपाली गरी कुल तीन हजार ७८२ जनाको हवाई उद्धार गरेको छ । निजी क्षेत्रबाट समेत काठमाडौं–प्रभावित क्षेत्रबीच २९ वटा उडान सञ्चालन भएका छन् । हाल नुवाकोटमा दुई हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेका छन् ।

सरकारले प्रभावित जिल्लामा नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । त्यस्तै, प्रभावित १५ स्थानीय तहका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

राहत सामग्रीतर्फ ३७ वटा ट्रक र ३७ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरीले ७७ पटक हवाई उडान गरी राहत सामग्री ढुवानी गरेको छ । बुधबार मात्रै नुवाकोटमा १६ र रसुवामा ११ वटा उडानमार्फत राहत सामग्री पुर्‍याइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज राख्न ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र छ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर सुचारु भइसकेका छन् । पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४