Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवामा बाढीको वास्तविक समय अनुगमन तथा निगरानीका लागि सीसीटीभी जडान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०८३
  • 646
    SHARES

काठमाडौं । रसुवाको टिमुरेमा बाढीकाे वास्तविक समय अवलोकन तथा निगरानी गर्नका लागि साेमबार सीसीटीभी क्यामेरा जडान गरिएको छ।

नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि टिमुरेमा सीसीटीभी जडान गरिएको हो। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आइतबार पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ गर्न निर्देशन दिनुभएकाे थियाे । त्यसपछि सोमबार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा वास्तविक समय बाढी निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरेको हो।

हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीएसएटी जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको कार्य भइरहेको छ। सोमबार रातिदेखि नै प्रणाली सञ्चालनमा आएकाे हाे। जसबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिने भएकाे हाे।

विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचानमा यस प्रणालीले सहयोग पुर्‍याउने भएकाे भएकाे छ। जसबाट समयमै सूचना प्रवाह, पूर्वसूचना तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४