Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य २१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा अर्जुन कुमाल र रोहितकुमार पौडेलले महत्त्वपूर्ण योगदान दिए । अर्जुनले ५८ बलमा पाँच चौकासहित अविजित ३६ रन बनाए । त्यस्तै रोहितकुमार पौडेल १९ रनमा अविजित रहे । आसिफ शेखले १८ तथा देव खनालले १० रनको योगदान दिए । बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु सुरुदेखि नै दबाबमा परेको थियो । बहराइन ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन तथा मुहम्मद वासिमले १३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभरमा चार मेडन राख्दै केवल १४ रन खर्चिए । ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए ।

कप्तानका रूपमा पुनरागमन गरेका सन्दीपले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै पाँच विकेट लिएपछि नेपालको जित सहज बनेको हो । बहराइनलाई सस्तैमा समेटेपछि नेपालले ८८ रनको लक्ष्य पछ्याउँदै संयमित ब्याटिङ गरेको थियो ।

यो जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको छ । समूह चरणमा नेपालले अब मलेसिया, साउदी अरेबिया र हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४