Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०८३
  • 741
    SHARES

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार भदौ १० गते आएको विनाशकारी भोटेकोशी तथा त्रिशूली बाढीपछि भदौ १३ दिउँसो १ः३० बजेसम्म १८४ जना पर्यटकको उद्धार गरिएको छ भने तीन जना सम्पर्कमा आएका बताइएको छ ।

थप ४२० जना भने अझै सम्पर्कविहीन अवस्थामा रहेको बोर्डले बताएको हो । यो विवरण पर्यटक प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) बाट प्राप्त सूचनामा आधारित रहेको छ ।
बोर्डले सार्वजनिक गरेको छुट्टै विवरणमा भने बाढीबाट प्रभावित १५ देशका कुल १८७ पर्यटक उद्धार भएको उल्लेख गरिएको छ । जसमा सम्पर्कमा आएका तीन जनालाई समेत समेट्दा पहिलो विवरणको १८४ उद्धार र तीन सम्पर्कमा आएको संख्या गरी कुल १८७ पुग्छ ।

उद्धार हुने विदेशी पर्यटकमध्ये भारतका सबैभन्दा धेरै भारतका ११४ जना रहेका छन् । त्यस्तै दक्षिण कोरियाका २०, चीनका २७, माल्टाका ४, जर्मनीका ४, इटालीका ३, अमेरिकाका ३, रुसका २, स्पेनका २, स्विट्जरल्यान्डका २ र टर्कीका २ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४