Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मित्रराष्ट्रहरूसँग डीएनए विश्लेषण र शवको व्यवस्थापनका लागि सरकारले माग्यो सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०८३
  • 532
    SHARES

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तिब्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रश्ताव गरेको जानकारी दिनुभएको छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि र विकट क्षेत्रमा राहत पुर्‍याउन आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनुभएको हो ।

मन्त्री खनालकाअनुसार रसुवालगायतका जिल्लामा पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता अपर्याप्त रहेको छ । यसका लागि डिएनए परीक्षण र रिपोर्टिङमा सहयोग पुर्‍याउन विदेशी सरकारहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

बाढी र पहिरोका कारण ४० भन्दा बढी पुल र धेरै सडक सञ्जाल अवरुद्ध हुँदा राहत सामग्री ढुवानीमा गम्भीर चुनौती थपिएको छ । विपद्बाट भएको क्षतिको विवरण प्रश्तुत गर्दै मन्त्री खनालले पुनर्निर्माण र पुनःस्थापनाका लागि अर्बौँ डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो ।

हालसम्मको तथ्याङ्कअनुसार करिव १५ हजार निजी घर र ४२ वटा पुलमा क्षति पुगेको छ । यद्यपि ‘हानी र नोक्शानी’ को विस्तृत अध्ययनपछि मात्र यकिन तथ्याङ्क आउने उहाँको भनाइ छ ।
विदेशी टोली र निजी हेलिकप्टर परिचालनका सम्बन्धमा उठेका जिज्ञासामा मन्त्री खनालले स्पष्ट पार्नुभयो कि हाल सबै उडानहरूलाई ‘एकीकृत कमाण्ड’ मार्फत सञ्चालन गरिएको छ ।

भौगोलिक जटिलता र सुरक्षा स्थितिलाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायको समन्वयमा विदेशी नागरिक तथा उद्धार टोलीहरूलाई अनुमति दिने प्रक्रिया मिलाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्‍याउन हामीले ठूलो तौल बोक्न सक्ने (हेभी लोड लिफ्ट) ड्रोनहरूको सहयोग माग गरेका छौँ । स्थलगत टोली र सुरक्षा निकायको सुझावका आधारमा हामीले विशिष्ट प्रकारका सहयोगका लागि वैदेशिक नियोगहरूसँग समन्वय गरिरहेका छौँ ।’

सरकारको कार्ययोजनाबारे प्रस्ट पार्दै मन्त्री खनालले अहिलेको प्राथमिकता ‘उद्धार’ मा रहेको र त्यसलगत्तै ‘राहत’ र ‘पुनर्निर्माण’ को चरणमा प्रवेश गर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपछिको अनुभव र संस्थागत स्मृतिलाई उपयोग गर्दै प्रभावित परिवारलाई आवास र अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको उहाँले दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४