Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी : मृतकको संख्या ६ सय २६ पुग्यो, शव व्यवस्थापनमा समस्या


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १३ २०८३
  • 893
    SHARES

काठमाडाैं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शनिवार विहान साँढे १० बजेसम्म विभिन्न जिल्लामा उक्त शव फेला परेको हो । सबैभन्दा धेरै शव चितवनमा २ सय ३३ वटा शव फेला गरेको उहाँले जानकारी दिनुभयो । यस्तै नवलपुर पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ जनाको शव फेला परेको छ । प्राधिकरणले शव व्यवस्थापन गर्न समस्या भएको जनाएको छ ।

अस्पतालमा रहेका शवगृहहरुको क्षमता भन्दा बढी शव भेटिएको र शव पहिचान हुन नसकेको कारण शव व्यवस्थापन गर्न चुनौतीपूर्ण बन्दै गएको प्रवक्ता महतले जानकारी दिनुभयो । यद्यपि विभिन्नि अस्पतालहरुको सहयोगमा शव व्यवस्थापन भईरहेको उहाँको भनाई छ । हाल फेला परेका शवहरू सकेसम्म सम्बन्धित जिल्लाका अस्पताल तथा शवगृहमा राखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार रसुवामा फेला परेका शव जिल्ला अस्पताल धुन्चेमा, धादिङ र नुवाकोटमा फेला परेका शव काठमाडौंका शिक्षण अस्पताल लगायतका अस्पतालमा राखिएका छन् । चितवनमा शवहरू जिल्ला अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा राखिएको छ । तनहुँ र गोरखाबाट फेला परेका शव पोखराका विभिन्न अस्पतालमा राखिएका छन् ।

पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा र पिपरा अस्पताललगायतमा शव राखिएको उहाँले जानकारी दिनुभयो । नवलपरासी पूर्वमा मध्यबिन्दु नगर अस्पताल, गैँडाकोट नगर अस्पताल, मध्यबिन्दु प्रादेशिक अस्पताललगायतका अस्पतालमा शव राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शवबाट महामारी फैलिन नदिन आवश्यक व्यवस्थापन गरिरहको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार अस्पतालमा राखिएका शवलाई कुलिङ सेन्टरमा राखिएकाले बिग्रिने अवस्था छैन । साथै शव विग्रिन नदिन ४ सय शव ब्याग प्रभावित क्षेत्रमा पठाइएको र थप ब्याग पठाउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘६ सय२६ जनाको मृत शरीर फेला परेको छ । धेरैजसो विभिन्न हस्पिटलहरुमा राखिएको छ । रसुवामा फेला परेको शव जिल्ला अस्पताल धुन्चे, रसुवामा ।

धादिङमा फेला परेको शवलाई पोखरा र टिचिङ अस्पताल, काठमाडौँमा । नुवाकोटमा फेला परेको लागि टिचिङ अस्पताल, काठमाडौँमा । चितवनका लागि जिल्ला अस्पताल भरतपुर, पुरानो मेडिकल कलेजमा र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान भवनमा पनि राखिएको छ । तनहुँको लागि मणिपाल अस्पताल पोखरा र गण्डकी अस्पताल पोखरामा, गोरखामा फेला परेकाका लागि प्रदेश अस्पताल गोरखा र गण्डकी अस्पताल पोखरामा ।

नवलपरासी पूर्वको चाहीँ धेरै वटा हस्पिटलहरुमा राखेको छ । हामीलाई यो डेड बडीको म्यानेजमेण्टको अलिकति समस्या छ । हामी सबै ओभरअल देशभरिको अस्पतालको क्यापासिटी डेड बडी म्यानेजमेन्टको गर्नुपर्ने जुन संख्या छ, त्यो चाहिँ अलि धेरै देखिएको छ । स्वास्थ्य मन्त्रालयले, हाम्रा सुरक्षा निकायहरुले त्यसको लागि काम गरिराख्नुभएको छ । पश्चिम नवलपरासीको हकमा पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल भैरहवा, पिपरा अस्पताल, र नवलपरासी पूर्वको हकमा मध्य– मध्यविन्दु नगर अस्पताल गैँडाकोट नगर अस्पताल, मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला अस्पताल पाल्पा, मिसन अस्पताल पाल्पा, लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी अस्पताल पोखरा लगायतका हस्पिटलहरुमा चाहिँ शवहरु राखेका छन् र भेटिएका शवहरु संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने काम पनि जारी रहेको छ ।’
२ हजार ४२६ जना अझै सम्पर्कविहीन
प्राधिकरणकाअनुसार २ हजार ४२६ जना अझै सम्पर्कविहीन रहेका छन् । प्राधिकरणकाअनुसार सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्ययन कार्यालयका ४ जना कर्मचारी रहेका छन् । रसुवा डीओसीबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, जलविद्युत आयोजनाबाट ९ सय ३३ र मकवानपुर डीओसीबाट ६५ जना सम्पर्कविहीन भएको सूचना आएको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँकाअनुसार ५ सय १७ जना विदेशी नागरिक, विदेशमा बस्ने १ सय २७ नेपाली र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर तथा स्थलमार्गबाट हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । जलविद्युत आयोजनाको सुरुङबाट शुक्रवार १९१ जनालाई उद्धार गरिएको थियो । शुक्रवार एकै दिन हवाइ माध्यमबाट ५१७ जनाको उद्धार गरिएको र शनिवार पनि उद्धार जारी रहेको प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म १२९ जना विदेशी नागरिकको उद्धार गरिएको छ । उद्धार तथा राहतका लागि सरकारी र निजी गरी १६ वटा हेलिकप्टरले २३६ भन्दा बढी उडान गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार खोज, उद्धार तथा राहतका लागि १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ४ हजार ८११, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ३ हजार ६५८ जना परिचालन भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म शव फेला परेको ६२६ वटा शवहरू फेला परेका छन् । त्यसमध्ये सबैभन्दा बढी २३३ वटा शव चितवनमा फेला परेको छ । नवलपुर पूर्वमा छ १५८ वटा, नवलपरासी पश्चिममा ४७ वटा, तनहुँमा ३१ वटा, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ गरी जम्मा ६२६ वटा शवहरू अहिलेसम्म फेला परेको विवरण प्राप्त भएको छ । यसैगरी सम्पर्कविहीन व्यक्तिहरूमा २ हजार ४२६ जना अझै सम्पर्कविहीन हुनुहुन्छ । नेपाल प्रहरीबाट २७ जना, नेपाली सेना ४५, सशस्त्र प्रहरी बल १३, भन्सार कार्यालय १५ जना, अध्ययन कार्यालय चार जना, रसुवा डीओसीबाट प्राप्त ५६२ जना, नुवाकोट ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुर डीओसीबाट प्राप्त भएको विवरण ६५ जना, सम्पर्कविहीन भएका विदेशी नागरिकहरू ५१७ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्ज ३ जना ।’
राहत तथा उद्धार कार्यको लागि २४ हजार लिटर पेट्रोल र २६ हजार लिटर डिजेल प्रभावित क्षेत्रमा पठाइएको उहाँले बताउनु भयो । उहाँकाअनुसार हवाइ इन्धनतर्फ नुवाकोटमा ३० हजार लिटर पठाएको छ भने ८ हजार लिटर मौज्दात रहेको छ । थप ९ हजार लिटर बाटोमा जाँदै गरेको प्राधिकरणले जनाएको छ । सरकारले राहतका लागि प्रभावित जिल्लामा हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत थप सात उडानमा राहत सामग्री पठाइएको प्रवक्ता महतले जानकारी दिनुभयो । यस्तै, सरकारले संकटग्रस्त घोषणा गरेका १५ पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ रकम पनि पठाइसकेको प्राधिकरणले जनाएको छ । यसअघि सरकारले भदौ १० मा नै रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४