Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीपीडितका लागि उद्योग परिसंघको पाँच करोड २९ लाख सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 931
    SHARES

काठमाडौँ । नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु पाँच करोड २९ लाख १५ हजारको चेक हस्तान्तरण गरेको हो । आजै अर्थमन्त्री वाग्लेलाई एमएडब्लु गु्रपबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले रु एक करोड ११ लाख, परिसङ्घ गभर्निङ काउन्सिलका सदस्य एवं उद्योगी विजयकुमार शाहले रु एक करोडको चेक हस्तान्तरण गरे ।

त्यस्तै जावलाखेल डिष्टिलरीबाट रु एक करोड, हिमालयन डिष्टिलरीबाट रु एक करोड, हिमालयन बुलियन कम्पनीबाट रु एक करोड एक लाख हस्तान्तरण गरिएको परिसंघका अध्यक्ष पाण्डेले जानकारी दिए । चौधरी ग्रुप र नबिल बैंकबाट रु १५ करोड बढीको सहयोग प्रदान भएको छ भने नेपाल आदर्श निर्माण कम्पनीबाट रु १० लाख सहयोगको प्रतिबद्धता आएको नेपाल उद्योग परिसंघले विज्ञप्तिमार्फत जनाएको छ ।

परिसंघका अनुसार गुड होम प्रडक्टस्बाट रु दुई लाख २१ हजार, ब्रिटिश कलर इन्डष्ट्रिज्बाट रु दुई लाख १० हजार, लाङटाङ रि ट्रेकिङबाट रु एक लाख १२ हजार, कास ट्रडिङबाट रु एक लाख ११ हजार १११, सिल्भर लाइनिङबाट रु एक लाख ११ हजार १११, ग्लोकल प्रालिबाट रु ५० हजार आर्थिक सहयोग प्रदान भएको छ ।

यसअघि परिसंघको समन्वयमा गोर्खा बु्रअरीले रु १० करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज अर्थमन्त्रीलाई चेक हस्तान्तरण कार्यक्रममा पूर्वअध्यक्ष शतिसकुमार मोर, परिसङ्घका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, उपाध्यक्ष राजबहादुर शाह, राष्ट्रिय परिषद् सदस्यहरू, सहयोग गर्ने संस्थाका प्रतिनिधि, परिसंघका महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी थिए ।

परिसंघले आफ्ना सदस्य संस्था, उद्योगी व्यवसायीलाई रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४