Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कारपछि हत्याः विद्यमान कानून संशोधन गर्न शाहीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०८३
  • 741
    SHARES

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गर्नुभयो । नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसंगमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताउनुभयो । उहाँले भदौ र असोजभरी विदेशबाट स्याउ आयात हुन नदिन कृषिमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानून छ यसलाई संशोधन गर्नुपर्ने देखियो । हामी सरकारलाई अपिल गर्न चाहान्छौँ, कानूनको ड्राफ्ट बनाएर ल्याउनुहोस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसदबाट पास गरौँ । यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस् ।’ नेता शाहीले जुम्लामा स्याउ उत्पादन गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४