Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीमा सवारी दुर्घटनामा परी ३५ जनाको निधन, ७११ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०८३
  • 703
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गत साउन महिनामा प्रदेशभर भएका ४ सय १८ सवारी दुर्घटनामध्ये २ सय ८७ दुर्घटना तीव्र गतिका कारण भएका हुन्।

कार्यालयले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि विवरणअनुसार दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने ७ सय ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा २८ पुरुष र ७ महिला रहेका छन्।

सवारी दुर्घटनाको दोस्रो प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको प्रहरी तथ्यांकले देखाएको छ। साउन महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७३ वटा दुर्घटना भएका छन्।

त्यस्तै, चालकको असक्षमता तथा लापरबाहीका कारण ३९ वटा दुर्घटना भएका छन्। अन्य लापरबाहीका कारण ६, ब्रेक फेल भएर ६ तथा छाडा चौपाया र जनावरका कारण ४ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ।

हतारमा बाटो काट्दा २ वटा र अनावश्यक ओभरटेक गर्दा एउटा दुर्घटना भएको तथ्यांकमा उल्लेख छ।

प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाको मुख्य कारण देखिएकाले चालकलाई सावधानी अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ। सवारी चलाउँदा गति नियन्त्रण गर्ने, मादक पदार्थ सेवन नगर्ने तथा सडकको अवस्था र ट्राफिक नियमलाई ध्यान दिन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४