Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस अनुशासन समितिको बैठक आज, महाधिवेशन विवादका बीच चासो बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०८३
  • 304
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज (शुक्रबार) बस्दैछ। पार्टीभित्र १५औँ महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला बस्न लागेको यो बैठकलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ।

समिति सचिव दिनेश थापामगर का अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा मा सुरु हुनेछ। बैठकमा अनुशासन समितिसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

यो बैठक विशेषगरी संस्थापन इतर पक्षले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेपछि बोलाइएको हो। त्यसैले बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद र त्यससँग सम्बन्धित विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ।

पछिल्ला दिनमा कांग्रेसभित्र महाधिवेशनको समय, प्रक्रिया र तयारीलाई लिएर संस्थापन पक्ष र इतर समूहबीच मतभेद बढ्दै गएको छ। इतर पक्षले महाधिवेशनको प्रक्रिया रोक्न कानुनी बाटो अपनाउने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक राजनीति थप तातेको छ।

यही पृष्ठभूमिमा बस्न लागेको अनुशासन समितिको बैठकबाट पार्टीको आन्तरिक विवाद व्यवस्थापन र अनुशासनसम्बन्धी विषयमा के निर्णय आउँछ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४