Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बढ्दो सहरीकरणका बिच पर्यटकको रोजाइमा विराट पोखरी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ५ २०८३
  • 323
    SHARES

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विराट पोखरी पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक यात्रुहरूको आकर्षणको प्रमुख गन्तव्य बन्दै गएको छ। बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूका लागि यो क्षेत्र लोकप्रिय विश्रामस्थलका रूपमा स्थापित हुँदै गएको हो।

बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिण मा रहेको विराट पोखरीमा विशेषगरी शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन उल्लेखनीय भीड लाग्ने गरेको स्थानीयहरू बताउँछन्। हरियाली वातावरण, धार्मिक महत्व र मनोरञ्जनका सुविधाले यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढ्दै गएको छ।

स्थानीय सोमनाथ अधिकारी का अनुसार मानिसहरू फुर्सदको समय बिताउन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन विराट पोखरी पुग्ने गरेका छन्।

“शनिबार र आइतबार त पोखरी परिसर भरिभराउ हुन्छ। स्थानीयदेखि बाहिरी जिल्लाका आगन्तुकसम्म यहाँ शान्त वातावरण खोज्दै आउँछन्,” उनले भने।

उनका अनुसार बिर्तामोडस्थित मेची आँखा अस्पताल मा उपचारका लागि भारतका सिक्किम, आसामलगायत क्षेत्रबाट आउने बिरामी र उनीहरूका आफन्त पनि उपचारको फुर्सदमा विराट पोखरी घुम्न पुग्ने गरेका छन्। यसले धार्मिक र प्राकृतिक पर्यटनसँगै स्वास्थ्य पर्यटन को सम्भावना पनि बढाएको छ।

परिवार र विद्यार्थीका लागि आकर्षक गन्तव्य

विराट सरोवर विकास समितिका अध्यक्ष इन्द्र प्रसाईँ का अनुसार बिर्तामोडको बढ्दो जनघनत्व र सहरी विस्तारसँगै मानिसहरूलाई हरियाली र शान्त वातावरणको आवश्यकता बढ्दै गएको छ।

“सहरको कोलाहलबाट केही घण्टा टाढा बसेर मन शान्त बनाउने ठाउँका रूपमा यो क्षेत्र स्थापित हुँदै गएको छ। यहाँ आएपछि मानिस तनावमुक्त भएको अनुभूति गर्छन्,” उनले भने।

पोखरी परिसरमा बालबालिकाका लागि खेल संरचना, विद्यालयका शैक्षिक भ्रमण, विभिन्न संघसंस्थाका अवलोकन कार्यक्रम तथा जल सफारी (बोटिङ) सञ्चालन भइरहेका छन्। यी गतिविधिले विराट पोखरीलाई सबै उमेर समूहका लागि आकर्षक गन्तव्य बनाएको छ।

महाभारतकालसँग जोडिएको इतिहास

विराट पोखरी केवल प्राकृतिक सौन्दर्यको स्थल मात्र नभई पौराणिक इतिहाससँग जोडिएको सांस्कृतिक सम्पदा पनि हो। स्थानीय जनविश्वासअनुसार महाभारतकालमा राजा विराटले आफ्ना गाईवस्तुलाई पानी खुवाउन यो पोखरी खन्न लगाएका थिए।

यही क्षेत्रमा पाण्डवहरूले अज्ञातवास बिताएको मान्यता पनि रहँदै आएको छ। पोखरी परिसरमा रहेको प्राचीन ग्रामकाली थान र शिवालय मन्दिर ले यस क्षेत्रको धार्मिक महत्व अझ बलियो बनाएको छ। प्रत्येक वर्ष बालाचतुर्दशी का अवसरमा सतबीज छर्न र पूजाआजा गर्न हजारौँ भक्तजन यहाँ पुग्ने गर्छन्।

संरक्षण र विकासको चुनौती

विसं २०५१ देखि विराट सरोवर विकास समितिले पोखरी संरक्षण तथा व्यवस्थापनको काम गर्दै आए पनि पर्याप्त बजेट र दीर्घकालीन गुरुयोजनाको अभावले अपेक्षित विकास हुन नसकेको अध्यक्ष प्रसाईँ बताउँछन्।

उनका अनुसार आगामी दिनमा ऐतिहासिक, पुरातात्विक र जैविक महत्व बोकेको यस सम्पदाको भौतिक विकास, संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै समितिले गुरुयोजनाअनुसार काम अघि बढाइरहेको छ। स्थानीयवासीले पनि विराट पोखरीको प्रचारप्रसार र संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४