Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको चेतावनी: ‘क्यान्टिनमा चिया–समोसा खाँदै अध्यक्ष हटाउने कुरा अराजकताको पराकाष्ठा’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०८३
  • 988
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो अनुशासनहीनता र अराजकताप्रति कडा असन्तुष्टि व्यक्त गर्दै विधि–विधानविपरीत गतिविधिमा संलग्न हुनेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा, हस्ताक्षर अभियान र अनौपचारिक बैठकबाट नेतृत्व परिवर्तनको बहसलाई “अराजकताको पराकाष्ठा”को संज्ञा दिए।

उनले पार्टी नेतृत्व परिवर्तनका लागि निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै चिया पसल वा पार्टी कार्यालयको क्यान्टिनमा बसेर नेतृत्व हटाउने कुरा गर्नु हास्यास्पद र संगठनको अनुशासनविपरीत भएको बताए।

“पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो। अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो,” ओलीले भने।

‘अब अनुशासन कडाइका साथ लागू हुन्छ’

अध्यक्ष ओलीले अब बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप सुदृढ अनुशासनका साथ अघि बढाइने स्पष्ट पारे। सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने, अफवाह फैलाउने र अराजकता बढाउने गतिविधि तत्काल रोक्न उनले कार्यकर्तालाई निर्देशन दिए।

उनले पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुपर्ने भन्दै संगठनलाई कमजोर पार्ने गतिविधि सह्य नहुने संकेत गरे।

‘बाह्य प्रहारका बेला आन्तरिक कलह आत्मघाती’

ओलीले अहिले पार्टीमाथि बाह्य शक्ति र राजनीतिक विरोधीहरूबाट तीव्र प्रहार भइरहेको दाबी गर्दै यस्तो बेला सम्पूर्ण नेता–कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए।

उनका अनुसार आन्तरिक विवाद र गुटबन्दीमा अल्झिनु पार्टीका लागि आत्मघाती हुने भएकाले कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्य र सिद्धान्तप्रति दृढ रहन कार्यकर्तालाई आग्रह गरे।

एमालेभित्र नेतृत्व परिवर्तनबारे भइरहेका चर्चा र हस्ताक्षर अभियानबीच आएको ओलीको यो अभिव्यक्तिलाई पार्टी अनुशासन कडाइ गर्ने स्पष्ट सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४