Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 741
    SHARES

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका ग्यास उद्योगबाट भरी सिलिण्डर ल्याइर एकै ठाउँबाट बिक्री गरिरहेको छ ।

यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेर भूगोलअनुसार व्यवसायीलाई बिक्री गर्न लगाएको प्रशासनले आज भरतपुर महानगरपालिका-९ मा रहेको केन्द्रीय बस ट्रमिनलबाट जिल्लाका तीन उद्योग र गैँडाकोटको एउटा उद्योगलाई ग्यास बिक्री गर्न लगाएको हो ।

दिउँसो १ः०० बजेदेखि जिल्लाका बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले सिधैँ उपभोक्तालाई भरी सिलिण्डर वितरण गरिरहेका छन् । सो क्रममा चार उद्योगले तीन हजार सिलिण्डर बिक्री गरिएको जनाएका हुन् ।

ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । स्थानीय प्रशासनले ग्यास उद्योग, डिलरलगायतमा अनुगमन गर्दा पनि उपभोक्ताकोमा ग्यास नपुगेपछि उद्योगीमार्फत उपभोक्ताको घरमा पुर्याउन लागिएको उनले बताए ।

यसरी वितरण गर्दा पनि ग्यास पाउन नसकेका उपभोक्तालाई बसपार्कबाट वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिए । यसअघि वितरण गरिएका आधा शिलिण्डर सकिएसँगै एकैपटक माग बढेको हुनसक्ने उनले बताए । पछि पुनः ग्यास अभाव हुन्छ भन्ने लागेर पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नाले अहिले ग्यासको समस्या देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४