Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसदहरूलाई न्यायाधीश नबन्न गृहमन्त्री गुरूङकाे चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 760
    SHARES

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बचाउ गर्दै उजुरी र आरोपकै आधारमा निष्कर्षमा नपुग्न सांसदहरूलाई आग्रह गरेका छन्।

शुक्रबार कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले ‘सांसदहरू न्यायाधीश बन्न नमिल्ने’ चेतावनी दिएका हुन्। उनले कुनै व्यक्तिविरुद्ध उजुरी परेको वा आरोप लागेको भरमा दोषी करार गर्न नहुने धारणा राखे।

गृहमन्त्री गुरुङले आरोप पुष्टि नभएसम्म कसैको चरित्रहत्या गर्न नमिल्ने बताए। उजुरीकै आधारमा व्यक्तिको प्रतिष्ठामाथि प्रश्न उठाउने तथा दोषीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ थियो।

“यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ । आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ । आरोप लगाउन जो सुकैले लगाउन सके,” उनले भने।

उनले आरोप लाग्दैमा त्यसलाई सत्य मानेर कारबाहीको निष्कर्षमा पुग्न नहुने बताए। आरोपको निष्पक्ष छानबिन र प्रमाणका आधारमा मात्रै आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री गुरुङले विषय गम्भीर भएकाले आफूले समेत यसबारे गम्भीरतापूर्वक चासो राखेको बताए। उनले आरोप र उजुरीको विषयलाई प्रक्रिया र प्रमाणका आधारमा टुंगो लगाउनुपर्ने धारणा व्यक्त गरे।

नेपाल प्रहरी नेतृत्वसँग सम्बन्धित विषयमा संसद्को कानून समितिमा प्रश्न उठिरहेका बेला गृहमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। उनले प्रहरी महानिरीक्षक कार्कीसहित सरकारी कर्मचारीहरूलाई सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्न खटाइएको समेत स्पष्ट पारे।

गृहमन्त्रीले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्ने वा चरित्रहत्या गर्ने काम रोक्नुपर्ने भन्दै समितिमा रहेका सांसदहरूको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४