Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँः मन्त्री लम्साल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 703
    SHARES

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पूर्वाधार निर्माणको अवस्थाबारे अनुगमनका लागि त्यहाँ पुगेका लम्सालले आज धनगढीमा नेता तथा कार्यकर्तामाझ पालीका केन्द्रसम्म पक्की र जिल्ला केन्द्रसम्म दुई लेन सडक बनाउने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि सुदूरपश्चिममा ३१४ किलोमिटर सडक निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै, सघन सहरी कार्यक्रमअन्तर्गत सहरी सडक निर्माण तथा मर्मतमा पर्याप्त बजेट रहेको र तीन वर्षमा तीन हजार पुल निर्माण गर्ने कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा पनि विभिन्न योजना कार्यान्वयन गरिने उनले उल्लेख गरे । मन्त्री लम्सालले सुदूरपश्चिममा अत्यावश्यक पूर्वाधार निर्माणका योजना ल्याएर आफूकहाँ आउन आग्रहसमेत गरे ।

“मेरो नेतृत्वमा रहेको मन्त्रालय मात्रै होइन सुदूरपश्चिमको विकासका लागि अरू मन्त्रालयअन्तर्गत रहेका योजना कार्यान्वयनका लागिसमेत सहजीकरण गर्न तयार छु । हामी काम गर्नकै लागि आएका छौँ, अत्यावश्यक पूर्वाधारलगायत अन्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छौँ”, मन्त्री उनले भने ।

मन्त्री लम्सालले पाँच दिनसम्म सुदूरपश्चिमका सबै जिल्ला तथा क्षेत्रमा रहेका विभिन्न पूर्वाधारको अनुगमन, स्थानीय समस्या पहिचान र समाधानको पहलबारे जानकारी लिने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४