Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धवल शमशेर सभापति र दुर्गा सर्वोच्च नेता रहेकाे प्रस्तावित ‘जय नेपाल पार्टी’ आज आयोगमा दर्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 1K
    SHARES

काठमाडौं । धवलशमशेर राणा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहेको प्रस्तावित ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुने भएको छ।

पार्टी दर्ताका लागि शुक्रबार मध्याह्न साढे १२ बजे निर्वाचन आयोगले समय दिएको सभापति धवलशमशेर राणाले जानकारी दिएका छन्। पार्टी दर्तासँगै नयाँ राजनीतिक दलका रूपमा ‘जय नेपाल पार्टी’ले औपचारिक राजनीतिक यात्रा सुरु गर्ने तयारी गरेको हो।

राणाका अनुसार पार्टी गठनको प्रक्रिया अघि बढाउँदै संगठन विस्तार तथा देशभरबाट नेता–कार्यकर्तालाई जोड्ने कामसमेत भइरहेको छ। उनले आफू राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गरेको बताएका छन्।

राप्रपाबाट राजीनामा दिएका तथा हाल सोही पार्टीमा रहे पनि असन्तुष्ट रहेका नेता–कार्यकर्ता आफ्नो नयाँ दलमा सहभागी हुने राणाको दाबी छ। उनले पुराना राजनीतिक दलप्रति असन्तुष्ट रहेका तथा वैकल्पिक राजनीतिक शक्ति खोजिरहेका व्यक्तिहरूलाई समेत पार्टीमा समेट्ने संकेत गरेका छन्।

‘जय नेपाल पार्टी’को नेतृत्वमा राणा र प्रसाईं रहने भएपछि यसले नेपालको पछिल्लो राजनीतिक वृत्तमा चासो बढाएको छ। पार्टीले आगामी दिनमा आफ्नो राजनीतिक नीति, संगठनात्मक संरचना र निर्वाचन रणनीतिलाई कसरी अघि बढाउँछ भन्ने विषयलाई समेत चासोका साथ हेरिएको छ।

शुक्रबार निर्वाचन आयोगमा दर्ता भएपछि पार्टीको कानुनी तथा औपचारिक अस्तित्व सुरु हुनेछ। त्यसपछि संगठन विस्तार, सदस्यता अभियान तथा राजनीतिक गतिविधिलाई तीव्रता दिने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४