Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोटाङ प्रहरीको एक वर्षः २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 779
    SHARES

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२/८३ मा २०६ वटा मुद्दा दर्ता भएकामा ८४ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ। कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सम्पादित कार्यको समीक्षा तथा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी जिल्लाको शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा मुद्दा फछ्र्योटको अवस्थाबारे जानकारी गराएको हो।

प्रहरीले २०८२ साल साउनदेखि २०८३ साल असार मसान्तसम्म दर्ता तथा फछ्र्योट भएका मुद्दाको विवरण सार्वजनिक गरेको छ। एक वर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सवारी ज्यान, सवारी अङ्गभङ्ग, आत्महत्या दुरुत्साहन, जबर्जस्ती करणी, चोरी तथा डाँकासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, हातहतियार तथा खरखजाना र बहुविवाहलगायतका मुद्दा दर्ता भएका थिए।

त्यस्तै गर्भ संरक्षणविरुद्धको कसुर, लागुऔषध, अभद्र व्यवहार, आपराधिक उपद्रव, बैंकिङ कसुर, पशुपन्छीसम्बन्धी कसुर, जुवा तथा मानव बेचबिखनलगायतका ८४ वटा मुद्दा फछ्र्योट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१५ वटा मुद्दा दर्ता भएकामा सबै २१५ वटा नै फछ्र्योट भएका थिए। आर्थिक वर्ष २०८१/८२ मा १२० वटा मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने २०६ वटा मुद्दा दर्ता भएका छन्।

एक वर्षमा ७२ जनाले आत्महत्या गरे

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खोटाङमा ७२ जनाले आत्महत्या गरेका छन्। जिल्लामा महिला तथा बालबालिकाविरुद्धका मुद्दाको संख्या भने अघिल्ला वर्षको तुलनामा घटेको देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा महिला तथा बालबालिकाविरुद्धका ३७ वटा मुद्दा दर्ता भएकामा २०८१/८२ मा ४७ र २०८२/८३ मा २६ वटा मुद्दा दर्ता भएका थिए।

हराएका ६५ जना सबै फेला

जिल्लामा विभिन्न समयमा ३१ महिला, १२ पुरुष र २२ बालबालिका गरी ६५ जना हराएको प्रहरीले जनाएको छ। प्रहरीले खोजीका लागि विभिन्न स्थानमा परिचालन गरी हराएका सबै व्यक्तिलाई फेला पारेर सम्बन्धित व्यक्ति तथा परिवारको जिम्मा लगाएको जनाएको छ।

८६ सवारी दुर्घटना, सात जनाको मृत्यु

खोटाङमा आर्थिक वर्ष २०८२/८३ मा ८६ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा सात जनाको मृत्यु भएको तथा ९९ जना घाइते भएको प्रहरीले जनाएको छ। पटकपटक दुर्घटना गराउनेमध्ये एक जना सवारी चालकलाई निलम्बनका लागि सिफारिस गरिएको छ।

प्रहरीका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा विभिन्न प्रकृतिका ६७८ वटा उजुरी तथा निवेदन प्राप्त भएका थिए।

आकस्मिक सहायताका लागि २ हजार ४४० कल

आकस्मिक सहायताका लागि जिल्ला प्रहरी कार्यालयमा २ हजार ४४० वटा कल आएको जनाइएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा ७४० वटा कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै वन पैदावार तथा नदीजन्य स्रोतको अवैध कारोबार, उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा एक लाख ५५ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा अन्य सम्बन्धित निकायसँगको समन्वयमा उक्त राजस्व सङ्कलन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जिल्लाको शान्ति–सुरक्षा थप मजबुत बनाउँदै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सक्रियतापूर्वक लागिरहेको बताए।

नागरिकसँग प्रहरीको सम्बन्धलाई अझ सुदृढ बनाउने, समुदायसँगको सहकार्य विस्तार गर्ने, अपराध न्यूनीकरण गर्ने तथा नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने प्रहरीको प्राथमिकता रहेको प्रनाउ बुढाथोकीले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४