Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसकाे संस्थापन इतर पक्षको राष्ट्रिय भेला आजदेखि काठमाडाैंमा शुरू हुँदै भेलाकाे उद्घाटन पूर्वसभापति देउवाले गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २९ २०८३
  • 817
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, नेतृत्व तथा संगठनात्मक विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको हो।

शुक्रबार बिहान साढे ११ बजे सुरु हुने भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

भेलाको संयोजन कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गर्नुभएको छ। भेलामा संस्थापन इतर पक्षमा रहेका नेताहरू, केन्द्रीय सदस्य, जिल्ला तहका प्रतिनिधि तथा अन्य नेता–कार्यकर्ताको सहभागिता रहने बताइएको छ।

पार्टीभित्र पछिल्लो समय देखिएको नेतृत्व विवाद, संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा कांग्रेसलाई थप प्रभावकारी र एकताबद्ध बनाउने विषयमा भेलामा छलफल हुने अपेक्षा गरिएको छ।

विशेषगरी कांग्रेसको नेतृत्व र आधिकारितासम्बन्धी विवादमा सर्वोच्च अदालतले हालै पुनरावलोकन गर्ने अनुमति दिएपछि संस्थापन इतर पक्ष थप उत्साहित बनेको देखिएको छ। अदालतको पछिल्लो निर्णयले पार्टीभित्रको शक्ति समीकरण र आगामी राजनीतिक दिशाबारे नयाँ बहस सिर्जना गरेको छ।

राष्ट्रिय भेलामार्फत संस्थापन इतर पक्षले पार्टीको वर्तमान अवस्था समीक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी गरेको छ। नेताहरूले पार्टीभित्र विधि, विधान र संस्थागत प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

भेलाले कांग्रेसभित्रको आन्तरिक विवाद समाधान, नेतृत्व चयन तथा संगठनात्मक सुधारका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा पार्टीले अवलम्बन गर्नुपर्ने राजनीतिक रणनीति र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ।

संस्थापन इतर पक्षको यो भेला कांग्रेसको आन्तरिक राजनीतिका दृष्टिले महत्वपूर्ण मानिएको छ। भेलाबाट आउने निष्कर्षले आगामी दिनमा पार्टीभित्रको शक्ति सन्तुलन तथा नेतृत्वसम्बन्धी बहसलाई समेत प्रभावित गर्न सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४