Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै प्रहरी परिसरअगाडि पत्रकारको धर्ना


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०८३
  • 494
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठको पक्राउको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि धर्ना दिएको छ ।

महासंघको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका हुन् । धर्नामा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै पत्रकारलाई पक्राउ गरेर हिरासतमा राख्ने कार्यको विरोध गरेका थिए ।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको बताइएको छ ।

श्रेष्ठको पक्राउको विरोधमा आयोजित धर्नामा सहभागी पत्रकारहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायतका नारा लगाएका थिए ।

नेपाल पत्रकार महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । महासंघले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समस्या समाधान गर्नुपर्नेमा पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नभएको स्पष्ट पारेको छ ।

महासंघका अनुसार प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले समाचार लेखेकै कारण पत्रकारलाई पक्राउ गर्ने वा त्रसित बनाउने वातावरण निर्माण हुनु गम्भीर विषय हो । पत्रकारहरूले निर्भीक रूपमा समाचार संकलन, लेखन तथा प्रकाशन गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।

समाचारको विषयमा कुनै पक्षलाई आपत्ति वा गुनासो भए कानुनी उपचार खोज्ने तथा प्रेससम्बन्धी स्थापित संयन्त्रमार्फत विषयको समाधान गर्नुपर्ने महासंघको धारणा छ । पत्रकारलाई पक्राउ गरेर हिरासतमा राख्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा प्रतिकूल प्रभाव पार्न सक्ने महासंघले जनाएको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पत्रकारमाथि हुने कुनै पनि प्रकारको अनावश्यक हस्तक्षेप स्वीकार्य नहुनेसमेत स्पष्ट पारेको छ । पत्रकार श्रेष्ठको पक्राउ र त्यसपछि विकसित घटनाक्रमलाई महासंघले गम्भीरतापूर्वक लिएको जनाउँदै तत्काल रिहाइका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

महासंघको नेतृत्वमा भएको धर्नाका क्रममा पत्रकारहरूले पत्रकारको सुरक्षासँगै निर्भीक पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा गर्न राज्यका सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४