Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस पूर्वसभापति देउवालाई स्वागत गर्न नेता तथा कार्यकर्ता बाजागाजासहित पुगे विमानस्थलमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०८३
  • 855
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किंदै हुनुहुन्छ । जेनजी आन्दोलनपछि उपचार तथा स्वास्थ्यसम्बन्धी कारणले सिंगापुरमा रहनुभएका देउवा बिहीबार नेपाल फर्किन लाग्नुभएको हो ।

देउवा थाई एयरको विमानमार्फत बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उहाँको आगमनलाई लिएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह देखिएको छ ।

देउवाको स्वागतका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्रमा पुग्न थालेका छन् । स्वागतमा बाजागाजा, झाँकीसहित करिब ५ देखि ७ हजार नेता तथा कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ ।

देउवाको स्वागतका लागि विमानस्थल परिसरमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । विमानस्थलमा यात्रु तथा सर्वसाधारणको आवागमनलाई समेत ध्यानमा राख्दै सुरक्षा निकायले आवश्यक तयारी गरेको जनाएको छ ।

पूर्वसभापति देउवालाई स्वागत गर्न विमानस्थल जाने नेता तथा कार्यकर्तालाई विमानस्थलभित्र प्रवेश नगरी बाहिर तोकिएका स्थानमा भेला हुन भनिएको छ । कांग्रेसका अनुसार कार्यकर्ताहरूलाई विमानस्थल प्रवेश गर्ने गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा भेला हुन आग्रह गरिएको छ ।

देउवाको स्वागतका क्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित हुने भएकाले विमानस्थल आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुनसक्ने देखिएको छ । सम्भावित भीड व्यवस्थापन तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायले विमानस्थल क्षेत्र आसपास निगरानी बढाएको छ ।

करिब पाँच महिनापछि नेपाल फर्किन लागेका देउवाको आगमनलाई कांग्रेसभित्र राजनीतिक रूपमा समेत महत्त्वका साथ हेरिएको छ । लामो समयदेखि सिंगापुरमा रहेका देउवा स्वदेश फर्किएसँगै पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीमा रहेको बताइएको छ ।

देउवा नेपाल फर्किएपछि कांग्रेसको आगामी राजनीतिक गतिविधि तथा पार्टीभित्रका विभिन्न विषयमा समेत सक्रियता बढ्ने अपेक्षा गरिएको छ । उहाँको स्वागतका लागि ठूलो संख्यामा कार्यकर्ता परिचालन भएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र कांग्रेस कार्यकर्ताले भरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४