Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा बैठक बस्दै, सात संसदीय समितिमा विभिन्न विषयमा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०८३
  • 912
    SHARES

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा संसद्सँग सम्बन्धित विषयमा छलफल र कार्यसूची अघि बढाइने भएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ।

सात संसदीय समितिको बैठक

यसैबीच, बुधबार प्रतिनिधिसभाअन्तर्गत विभिन्न सात वटा संसदीय समितिको बैठक समेत बस्दैछ। प्राप्त कार्यसूचीअनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा तथा विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ।

अर्थ समिति

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्था बारे छलफल हुनेछ।

कानुन, न्याय तथा मानव अधिकार समिति

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी त्यसबारे छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समिति

बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन निष्कर्ष माथि छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। बैठक बिहान ११ बजे बस्नेछ।

सार्वजनिक लेखा समिति

अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरू माथि छलफल गरिने कार्यसूची रहेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्था बारे छलफल गरिनेछ।

साथै, ती निर्णय तथा सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीका विषयमा समेत समितिले जानकारी लिनेछ।

यस्तै, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

यसरी बुधबार राष्ट्रियसभाको बैठकसँगै संसदीय समितिहरूमा विधेयक, वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संस्था, विधि विज्ञान, गृह मन्त्रालयसम्बन्धी उजुरी तथा जलवायु परिवर्तनका विषयमा छलफल हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४