Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न सरकारसँग यातायात व्यवसायीको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २६ २०८३
  • 817
    SHARES

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय सवारी साधन (इभी) क्षेत्रमा लगानी सुरक्षाका लागि करिब १० वर्षसम्म परिवर्तन नहुने गरी स्थिर नीतिगत वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ।

काठमाडौंमा मंगलबारदेखि शुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यस्ताे माग गर्नुभएकाे हाे । सरकार र कर्मचारी फेरिएपिच्छे फेरिने नीतिले व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै दीर्घकालीन र न्यायपूर्ण कानूनी व्यवस्थाको आवश्यकता रहेको बताउनुभउनुभयाे। अध्यक्ष सिटौलाले सवारी अनुमति दिनुअघि रुटको वैज्ञानिक अध्ययन र यात्रु संख्याको सर्वेक्षण हुनुपर्ने बताउनुभएकाे छ।

उहाँले सार्वजनिक यातायातको भाडादर राजनीतिक आधारमा नभई वास्तविक लागत र उचित प्रतिफलका आधारमा वैज्ञानिक ढंगले निर्धारण गरिनुपर्ने बताउनुभयो । भाडादरका सम्बन्धमा संघ र प्रदेश सरकारबीच समन्वय नहुँदा निजी क्षेत्रले दुःख पाएको भन्दै उनले ‘एकद्वार प्रणाली’ मार्फत स्पष्ट नीति ल्याउन आग्रह गर्नुभएकाे छ। इभीको प्रयोगलाई प्रोत्साहन गर्न देशभरका प्रत्येक पेट्रोल पम्पमा अनिवार्य रूपमा चार्जिङ स्टेसन निर्माण गर्ने नीति ल्याउन र त्यसमा सरकारले ठूलो मात्रामा अनुदान दिनुपर्ने माग सिटौलाले गर्नुभयो ।

सरकारले केवल करको दायरा विस्तारमा मात्र ध्यान नदिई ग्रामीण भेगसम्मै चार्जिङ नेटवर्क विस्तारका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष सिटौलाले विद्युतीय सवारीका पार्टपुर्जा र ब्याट्रीको अत्यधिक मूल्य तथा उपलब्धताको समस्याप्रति ध्यानाकर्षण गराउनुभयो । खुला सीमानाका कारण नेपालमा नक्कली पार्टपुर्जाहरू भित्रिएको र यसले दुर्घटनाको जोखिम बढाएको भन्दै उहाँले त्यस्ता सामग्रीको आयातमा कडाइ गर्न सरकारसँग माग गर्नुभएकाे छ।

अध्यक्ष सिटौलाले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन पार्टपूर्जा आयातमा सहुलियत दिनुपर्ने विषयमा आफूले अर्थमन्त्रीसँग समेत छलफल गरेको बताउनुभयाे । विद्युतीय सवारीमा ब्याट्रीको आयु र यसको लागत लगानीकर्ताका लागि सबैभन्दा जटिल विषय बनेको भन्दै उहाँले यसको सुरक्षा र मापदण्डका बारेमा स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिनुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४