Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २५ २०८३
  • 741
    SHARES

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००, स्वदेशी पर्यटकलाई रु ५० र विद्यार्थीका लागि रु ३० प्रवेश शुल्क तोकिएको थियो ।

सौराहा आउने पर्यटक प्रजनन केन्द्र अवलोकन गर्न रुचाउने गर्दछन् । सौराहाको हात्ती प्रजनन केन्द्रबाट रु करिब रु ७० लाख र गोही प्रजनन केन्द्रबाट करिब रु ४० लाख प्रवेश शुल्क असुली हुने गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जले शुल्क लिन नियमावलीले नदिएको र ट्रष्टमार्फत शुल्क असुल गर्दा अफ्ठ्यारो हुन सक्ने भएकाले हालका लागि शुल्क हटाइएको जानकारी दिए ।

हात्ती प्रजनन केन्द्रमा पर्यटकले हात्तीको रहनसहन, स्याहारसुसारका बारेमा ज्ञान लिनाका साथै माउ र बच्चा खेलेको दृश्यमा रमाउने गर्छन् ।

प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले दैनिक झन्डै ४०० पर्यटक अवलोकनका लागि आउने गरेको बताउछन् । वि.सं २०४४ मा स्थापना भएको उक्त केन्द्रमा अहिलेसम्म ६९ वटा छावा जन्मिएका छन् । भारतबाट चारवटा र थाइल्यान्डबाट एउटा गरी पाँच वटा हात्तीबाट हात्ती प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

प्रजनन केन्द्रमा नौ वटा माउ र सात वटा छावा छन् । गोही प्रजनन केन्द्रमा करिब ५०० गोही रहेका छन् । नदीबाट अण्डा जम्मा गरेर बच्चा हुर्काउने गरिन्छ । यहाँ हुर्किएका गोहीका बच्चा नदीमा छोड्ने गरिएको छ । माउसँग खेल्दै गरेका हात्तीका छावा र पानीमा तैरिरहेका गोही हेर्न पर्यटक रुचाउने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४