Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनले आज भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २५ २०८३
  • 532
    SHARES

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै राजदूतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय राजदूतसँगको भेटलगत्तै उनले चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि गत चैत १३ गते नेपालमा रहेका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । उक्त भेटमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यसअघि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए । पछिल्लो समय भने उनले विभिन्न देशका कूटनीतिज्ञ तथा विदेशी प्रतिनिधिसँग एक्लाएक्लै भेटवार्ता गर्न थालेका छन् ।

गत असार २३ गते प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यसैबीच, भारतीय र चिनियाँ राजदूतसँगको भेटवार्तापछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको पछिल्लो कूटनीतिक भेटघाटलाई नेपालका प्रमुख छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँगको सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४