Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलन गर्ने संरक्षण संघर्ष समितिकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 570
    SHARES

काठमाडाैं । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ ।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’ले उक्त निर्णयविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो । संघर्ष समितिले ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । ढल्केवर ट्रमा सेन्टर स्थानीयवासीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएको उल्लेख गर्दै नगरप्रमुख एवं समितिका संयोजक महतोले जनभावनाविपरीत गरिएको निर्णय स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

समितिले आफ्ना मागहरू सम्बोधन नभए सडक आन्दोलन, धर्ना र रिले अनशनलगायतका थप दबाबमूलक कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ । स्थानीयको स्वास्थ्य अधिकार रक्षाका लागि कुनै पनि हालतमा पछि नहट्ने अडान संघर्ष समितिले दोहोर्‍याएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४