Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती: महानिर्देशक जैसी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 399
    SHARES

काठमाडाैं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशैभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत पोल स्थानान्तरण मुख्य बाधक बनेको बताउनुभएको छ।

संघीय संसद्को पूर्वाधार विकास समितिको शुक्रबारकाे बैठकमा बोल्दै महानिर्देशक जैसीले विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल सार्न हुने ढिलाइले विकास निर्माणमा गम्भीर असर परेको जानकारी दिनुभएको हो । महानिर्देशक जैसीले सडकको सीमा (राइट अफ वे) भित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका क्रममा ती पोल हटाउन विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता देखिएको बताउनुभएकाे छ।

महानिर्देशक जैसीले आयोजनाहरूमा हुने ढिलाइका कारण राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको स्पष्ट पार्नुभयो । उहाँले विद्युत प्राधिकरण र सडक विभागबीच अहिले मन्त्रालयगत तवरमा समन्वय भइरहेको र समस्या समाधानका लागि प्रयास भइरहेको बताउनुभएकाे छ। पोल गाड्ने र तार उपलब्ध गराउने प्रक्रियामा प्राधिकरणको तर्फबाट हुने ढिलाइले गर्दा आयोजनाहरू प्रभावित भइरहेको उहाँले बताउनुभयाे । उहाँले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिने र जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काममा ढिलाइ भएको उल्लेख गर्नुभएकाे छ।

महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल जस्ता महत्वपूर्ण सडक खण्डहरू अहिले सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिकहरूकै डिजाइन र नेतृत्वमा पहिलोपटक नयाँ प्रविधिबाट निर्माण भइरहेकाले केही समय लागे पनि काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको उहाँले जानकारी दिनुभएकाे छ।

सडक विस्तारमा हुने ढिलाइले सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको प्रति विभाग गम्भीर रहेको र सबै अवरोध हटाएर कामलाई तिब्रता दिने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४