Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीजको माहोल तताउँदै बिनोद ढकालको नयाँ गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 2.4K
    SHARES

काठमाडौं । महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीज गीतहरूको रौनक पनि बढ्दै गएको छ। यही अवसरलाई लक्षित गर्दै सर्जक बिनोद ढकालले नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक गरेका छन्। सार्वजनिक भएको केही समयमै गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

‘झुम्का कस्तो छ’ गीतमा बिनोद ढकालकै शब्द तथा संगीत रहेको छ। गीतमा चर्चित गायिकाद्वय सीमा नेपाली र रिया सुनारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतको संगीत संयोजन कृष्ण लामिछानेले गरेका हुन् भने मिक्सिङ हेमराज डाँगीले गरेका छन्।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन दिनेशसिंह ठकुरीले गरेका छन्। भिडियोमा प्रेम दर्नालको आकर्षक कोरियोग्राफी रहेको छ भने छायाङ्कन सरोज ठकुरी र सम्पादन राजेश कुँवरले गरेका छन्।

भिडियोमा जुना कार्की, बिनोद ढकाल र जुनु रिमालको अभिनय रहेको छ। तीजको सांस्कृतिक माहोल, नृत्य, मौलिक पहिरन र मनोरञ्जनलाई समेटिएको भिडियोले दर्शकको ध्यान आकर्षित गरेको छ।

‘झुम्का कस्तो छ’ सर्जक बिनोद ढकालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। अडियो–भिडियोको निर्माण तथा व्यवस्थापन भिडियो बैंकले गरेको छ।

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बिनोद ढकालका विभिन्न लोक तथा तीज गीतहरू यसअघि पनि लोकप्रिय भइसकेका छन्। यस वर्षको तीजलाई लक्षित गरेर ल्याइएको ‘झुम्का कस्तो छ’ले पनि तीज गीतहरूको सूचीमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ। गीतको मौलिकता, शब्द, संगीत तथा कलाकारहरूको प्रस्तुतीका कारण यसले दर्शक तथा श्रोताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४