Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 836
    SHARES

काठमाडौं  । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको बिहीबार निरीक्षणका क्रममा उहाँले दैनिक रूपमा ट्राफिक जाँचलाई प्रभावकारी बनाई तीव्रगति, ओभरलोड र मादक पदार्थ, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइका साथ कारबाही गर्न निर्देशन दिएका हुन् ।

उनले नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न राडर गन, सिसीटिभी, मापसे/लापसे जाँच कीटजस्ता आधुनिक प्रविधिको सही र अधिकतम प्रयोग गरी ट्राफिक व्यवस्थापन गर्न आग्रह गरे ।

सवारी दुर्घटना न्यूनीकरण गर्न निर्देशन दिँदै उहाँले लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक अनिवार्य भए/नभएको, भाडादर सही भए/नभएको, आरक्षण सिटको व्यवस्था र टाइमकार्ड लागू भएअनुसार सवारीसाधन सञ्चालनमा रहे/नरहेको कडाइका साथ जाँच गर्नुपर्नेमा जोड दिए ।

‘चेकिङ’का क्रममा कसैलाई दुःख हैरानी नदिई सेवाग्राहीप्रति शिष्ट र मर्यादित रुपमा प्रस्तुत हुन प्रहरीलाई आग्रह गरे । सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दीपक गिरीले ट्राफिक जनशक्ति परिचालन, सेवाप्रवाह तथा कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलगायतका बारेमा अवगत गराएका थिए ।

सो अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सिनियर तथा जुनियर प्रहरी अधिकृत, मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरी अधिकृतका साथै ट्राफिक प्रहरी कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४