Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जापानमा आगामी असोजमा हुने एशियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 361
    SHARES

काठमाडाैं । २० औं एशियन गेम्समा नेपालबाट १ सय ३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी असोज ३ गतेदेखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुने गेम्समा नेपालबाट १ सय ३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै १ सय ३६ खेलाडी र ३२ प्रशिक्षक गरी कूल १ सय ६८ सदस्यीय नेपाली टोली जापान जाने जनाएको छ ।

समूहगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा मात्र सहभागिता जनाउने भएकाे हाे। बाँकी १९ खेल भने व्यक्तिगत विधाका रहेका छन् । खेलाडी संख्याका आधारमा पुरुष र महिला गरी २४ खेलाडी रहेको कबड्डी टोली सबै भन्दा ठूलो रहेको छ । पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी सहभागी हुने भएका हुन् ।

यसअघि २३ खेलमा करिब १ सय ४० खेलाडी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा २२ खेल मात्र समावेश भएका हुन् । व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी ११ खेलाडी सहभागी हुने भएका छन् । डान्स स्पोर्टमा एक जना खेलाडी मात्र प्रतिस्पर्धामा रहने भएका हुन् ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियन गेम्समा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागी भएका थिए । यो संस्करणमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । नेपालले एशियन गेम्समा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४