Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाको महाधिवेशन तयारी तीव्र, मंसिर २६–२८ का लागि विभिन्न समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 722
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म आयोजना हुने महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहितका समिति गठन गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार महाधिवेशन मुल आयोजक समिति मातहत आवश्यक कार्यहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न विषयगत समिति गठन गरिएको छ। प्रत्येक समितिलाई आफ्नो जिम्मेवारीअनुसार महाधिवेशन सफल बनाउन आवश्यक तयारी अघि बढाउने जिम्मेवारी दिइएको छ।

निर्णयअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ। यस समितिले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन तयार गर्ने तथा समसामयिक राजनीतिक विषयमा पार्टीको भावी रणनीति तय गर्ने जिम्मेवारी पाएको छ।

त्यसैगरी, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति तथा उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरिएको छ। यी समितिले महाधिवेशनका क्रममा हुने सभा, अतिथि व्यवस्थापन तथा सहभागीहरूको भोजन व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति र महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको छ। त्यस्तै, कोषाध्यक्ष निलकण्ठ काफ्लेको नेतृत्वमा आर्थिक समिति गठन गरिएको छ, जसले महाधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा खर्चको समन्वय गर्नेछ।

गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशन अवधिभर हुने सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शनको सम्पूर्ण व्यवस्थापन यस समितिले गर्नेछ।

यसैगरी, कार्यसम्पादन समिति सदस्य विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति, केन्द्रीय सदस्य दीपक रन्जितको संयोजकत्वमा शान्ति, सुरक्षा तथा व्यवस्थापन समिति, केन्द्रीय सदस्य सजिना कार्कीको संयोजकत्वमा स्वास्थ्य समिति तथा केन्द्रीय सदस्य ध्रुबविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ।

यस्तै, महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, नेता तथा अतिथिहरूलाई स्वागत गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापन समितिको जिम्मेवारी प्रदान गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार तथा नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। त्यसैले महाधिवेशनलाई सफल र अनुशासित बनाउन आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न समिति गठन गरिएको पार्टीले जनाएको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४