Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 1.3K
    SHARES

काठमाडौं । नियमित सुरक्षा गस्तीका क्रममा नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहाको मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद गरिएको हो।

यस घटनामा संलग्न रहेको आरोपमा बा.प्र.०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ निवासी २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ निवासी २० वर्षीय अभिषेककुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ निवासी ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ निवासी २४ वर्षीय सागर कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४३० ट्याब्लेट बरामद गरिएको छ।

प्रहरीले बरामद लागूऔषध, सवारी साधन तथा पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय राजमार्ग प्रयोग गरेर लागूऔषध ओसारपसार गर्ने गतिविधि बढ्दै गएको भन्दै प्रहरीले नियमित निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४