Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 836
    SHARES

काठमाडौं । देशभर मनसुनजन्य विपद्का घटना निरन्तर बढिरहेका बेला पछिल्लो २४ घण्टामा ५२ जिल्लामा भएका ६६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। विभिन्न घटनामा अन्य २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १०:०० बजेदेखि साउन १९ गते बिहान १०:०० बजेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तुको आक्रमणलगायतका विपद्का घटना भएका हुन्।

प्राधिकरणका अनुसार बाढीका घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्। बाढीबाट तीन जना घाइते भएका छन्। त्यस्तै, सर्पदंशबाट ११ जना, आगलागीबाट दुई जना, पहिरोबाट एक जना तथा वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन्।

विपद्का घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी १०२ जनाको सुरक्षित उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरीका ३३० जना कर्मचारी परिचालन गरिएको थियो।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु मनसुन अवधिमा वैशाख १ गतेदेखि साउन १९ गतेसम्म देशभर ४ हजार १५९ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता तथा एक हजार २४६ जना घाइते भएका छन्।

यस अवधिमा ५ हजार २७० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। तथ्याङ्कअनुसार सबैभन्दा बढी १ हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश तथा ७२० वटा पहिरोका घटना दर्ता भएका छन्।

प्राधिकरणले मनसुन अझै सक्रिय रहेकाले बाढी, पहिरो, डुबान, चट्याङ तथा सर्पदंशजस्ता जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी नदी किनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा वन आसपासका बस्तीका बासिन्दालाई आवश्यक सावधानी अपनाउन तथा विपद् सम्बन्धी सूचना र सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४