Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 950
    SHARES

काठमाडौं । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको स्वकीय सचिवालयका अनुसार परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये छनोट प्रक्रियामार्फत डा. आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो।

शपथग्रहण समारोहपछि मन्त्री मेहताले नवनियुक्त अध्यक्ष आलमलाई परिषद्को कामलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिइन्। उनले औषधि सेवा प्रणालीलाई व्यवस्थित गर्ने, फार्मेसी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने, पेसागत नियमनलाई सुदृढ बनाउने तथा जनविश्वास बढाउने दिशामा सक्रिय रूपमा काम गर्न आग्रह गरिन्।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा फार्मेसी सेवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै परिषद्ले औषधिको सुरक्षित प्रयोग, दक्ष जनशक्ति उत्पादन, पेसागत आचारसंहिता कार्यान्वयन तथा सेवाको गुणस्तर सुधारमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन्।

नवनियुक्त अध्यक्ष डा. आलमले परिषद्को संस्थागत क्षमता सुदृढ गर्दै फार्मेसी क्षेत्रको विकास, सेवाको गुणस्तर सुधार तथा नियामक भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल फार्मेसी परिषद्ले फार्मेसी शिक्षा, फार्मासिस्ट तथा फार्मेसी व्यवसायीहरूको दर्ता, नवीकरण, पेसागत मापदण्ड निर्धारण र नियमन गर्ने प्रमुख जिम्मेवारी निर्वाह गर्दै आएको छ। नयाँ नेतृत्वसँगै परिषद्ले औषधि सेवा र फार्मेसी क्षेत्रको सुधारमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४