Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुग्याे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १९ २०८३
  • 760
    SHARES

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ ।

करिब २० अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एशियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको हाे । कूल १ सय १३ किलोमिटर लम्बाईको यस सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अघि बढाइएको थियो ।

सडक विभाग, आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार अनेकौँ चुनौतीका बाबजुद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो । अन्तर-निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रवाह व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिलाइ भएको निर्देशक ढकालले जानकारी दिनुभयो ।

निर्देशक ढकालले आफूले कार्यभार सम्हाल्दा आयोजनाको निर्धारित म्याद सकिएर थप गरिएको एक वर्ष भइसकेको बताउनुभएकाे छ । आयोजनाको शुरुवाती चरणमा कोभिड–१९ को महामारी र रुख कटानको प्रक्रियामा भएको ढिलाइले निर्माण कार्य सुस्त बनेको थियो । निर्माण व्यवसायीले पर्याप्त स्रोत परिचालन गर्न नसक्दा र खर्च अनुसारको शोधभर्ना नहुँदा देखिएको वित्तीय संकट समाधानका लागि सरकारका तर्फबाट कूटनीतिक पहलसमेत गरिएको थियो ।

चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ ले निर्माणको जिम्मा पाएको यस आयोजनाको काम २०७५ साल चैत ८ गतेदेखि शुरु भएको हो । शुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस सडकलाई दुई भागमा बाँडिएको छ । ६५ किलोमिटर लम्बाईको नारायणगढ–दाउन्ने खण्डलाई ‘पूर्वी खण्ड’ र ४९ किलोमिटर लम्बाईको दाउन्ने–बुटवल खण्डलाई ‘पश्चिमी खण्ड’ भनिएको छ ।

यस विस्तारअन्तर्गत बजार क्षेत्रको २८ किलोमिटर खण्डलाई ६ लेन र अन्य क्षेत्रलाई ४ लेनमा स्तरोन्नति गरिएको हाे । आयोजनामा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानतर्फ अघि बढेकाले अहिले आयोजना सफलतातर्फ उन्मुख भएको निर्देशक ढकालले बताउनुभउकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४