Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १९ २०८३
  • 380
    SHARES

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताउनुभएको हो ।

आयोगले सार्वजनिक गरेको शैक्षिक क्यालेण्डरअनुसार साउनको पहिलो हप्ताभित्रै एमबिबिएससहित चिकित्सा शिक्षाका १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने थियो । तर सरकारले आयोगका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि हालसम्म नयाँ निर्देशकहरूको नियुक्ति हुन सकेको छैन ।

निर्देशक नहुँदा कलेजहरूको कोटा निर्धारण र प्रवेश परीक्षा सञ्चालनजस्ता महत्वपूर्ण कार्यहरू ठप्प भएको सांसद मल्लले उल्लेख गर्नुभयो । उहाँले कक्षा १२ को नतिजा सार्वजनिक हुनुलाई सरकारले ठुलो उपलब्धिको रूपमा व्याख्या गरे पनि अर्कोतर्फ चिकित्सा शिक्षाको प्रवेश परीक्षा धकेलिँदै जानु दुःखद् भएको टिप्पणी गर्नुभयो ।

मल्लले भन्नुभयो, ‘विगत एक महिनादेखि करिव ६० हजार विद्यार्थी प्रवेश परीक्षाको तयारी गरेर बसेका छन्, तर आवेदनसम्बन्धी सूचनासमेत आउन सकेको छैन। यसले विद्यार्थी र अभिभावक दुवैलाई गम्भीर अन्योलमा पारेको छ ।’ सांसद मल्लले सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाउनु भयो ।

राहदानी (पासपोर्ट) लिन नागरिकहरूले लामो लाइन बस्नुपरेको, सरकारी सेवा प्रवाह सुस्त रहेको, बजारमा ग्यास र मलको अभाव कायमै रहेको तथा बढ्दो महँगीले जनता सास्ती भोग्न बाध्य भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४