Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ, १३ लाखभन्दा बढी जरिवाना असुल हुने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १९ २०८३
  • 855
    SHARES

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकामध्ये चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहार सम्बन्धी मुद्दामा एक/एक जना रहेका छन्।

पक्राउ परेका सबै प्रतिवादीलाई कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलउपरका लागि सम्बन्धित अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट रु १३ लाख ७ हजार ७२० जरिवाना रकम असुलउपर हुने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तर तीव्रता दिँदै आएको जनाएको छ। प्रहरीका अनुसार गत महिना मात्रै विभिन्न मुद्दाका ६६ जना फरार प्रतिवादी पक्राउ परेका थिए।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४