Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियामा १६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १८ २०८३
  • 988
    SHARES

एजेन्सी। मलेसियामा विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ जुएनको निर्मम हत्या गरेको अभियोगमा एक नाबालिग किशोरमाथि अदालतमा मुद्दा शुरु भएको छ।

राजधानी क्वालालम्पुरको बाहिरी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयको शौचालयमा गत अक्टोबरमा बहुचर्चित यो घटना घटेको थियो। घटनाका बेला १४ वर्षका रहेका ती किशोरमाथि धारिलो हतियार प्रहार गरी छात्राको हत्या गरेको आरोप छ। अभियुक्त किशोरले भने आफू निर्दोष रहेको दावी गर्दै अदालतसामु आरोप अस्वीकार गरेका हुन्। मलेसियाली कानून अनुसार अभियुक्त नाबालक भएकाले उनको परिचय सार्वजनिक गरिएको छैन।

प्रहरीले गिरफ्तार पर्दा ती किशोरको साथबाट एउटा नोटसमेत फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट किशोरलाई सामाजिक सञ्जालको नकारात्मक असर र अनलाइन हिंसात्मक संस्कृतिले प्रेरित गरेको हुनसक्ने आशंका गरेको छ। यस घटनाले मलेसियाभर ठूलो तरङ्ग पैदा गरेको हाे । बालबालिकामा सामाजिक सञ्जालको कुप्रभावलाई लिएर देशभर चिन्ता र बहस तीव्र बनेको छ। धेरैले यस घटनालाई नेटफ्लिक्सको चर्चित शृङ्खला ‘एडोलेसेन्स’ सँग तुलना गरेका छन् । जसले किशोरकिशोरीमा अनलाइन माध्यमबाट फैलिने कट्टरपन्थी सोच र हिंसालाई चित्रण गर्दछ।

यस घटनापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले विद्यालयमा बढेको हिंसात्मक व्यवहारको मुख्य कारण मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोग रहेको बताएका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मलेसिया सरकारले बालबालिकालाई हानिकारक अनलाइन सामग्रीबाट बचाउन गत जुन महिनादेखि १६ वर्षमुनिका बालबालिकालाई प्रमुख सामाजिक सञ्जालमा खाता खोल्न पूर्ण प्रतिबन्ध लगाइसकेको छ।

मलेसियामा आपराधिक दायित्वको उमेर १० वर्ष निर्धारण गरिएको हाे। नाबालक भएकै कारण अभियुक्तले मृत्युदण्डको सजाय पाउने छैनन् । तर कसूर ठहर भएमा उनले ३० देखि ४० वर्षसम्मको कैद र कोरा हान्ने सजाय समेत पाउन सक्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४