Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीको फिक्कलबाट यात्रुसहित कार सुनकोशीमा खस्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १८ २०८३
  • 760
    SHARES

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुर क्षेत्रमा यात्रुसहितको एक कार सुनकोशी नदीमा खसेपछि उद्धार तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको छ। सोमबार बिहान भएको दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे कार अनियन्त्रित भई सुनकोशी नदीमा खसेको हो। दुर्घटनापछि कार नदीमा पूर्ण रूपमा डुबेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

कारमा कति जना यात्रु सवार थिए भन्ने विषय अझै यकिन हुन सकेको छैन। प्रारम्भिक सूचनाअनुसार तीनदेखि चार जना यात्रु रहेको अनुमान गरिएको छ। यद्यपि, यात्रुको वास्तविक संख्या र उनीहरूको अवस्था आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य सञ्चालन गरिरहेको छ।

“हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ। कार नदीमा पूर्ण रूपमा डुबेको जानकारी आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” एसपी सिंहले बताए।

सुनकोशी नदीको बहाव र गहिराइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। घटनास्थलमा आवश्यक उद्धार उपकरणसहित सुरक्षा निकाय परिचालन गरिएको छ भने स्थानीय बासिन्दाले पनि उद्धार प्रयासमा सहयोग गरिरहेका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सडकको अवस्था, मौसम तथा सवारीको प्राविधिक पक्षलगायत सबै कोणबाट अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेकाले यात्रुको संख्या, पहिचान तथा मानवीय क्षतिबारे आधिकारिक विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४