Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं,भक्तपुरसहित २५ जिल्लाका साना नदीमा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १८ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न २५ जिल्लाका साना नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। निरन्तर वर्षाका कारण जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको हो।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने साना नदी तथा खोलाहरूमा सोमबार जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी किनार, पुल तथा होचा स्थानमा अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका साना नदीहरूमा पनि जलसतह बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) आसपासका साना नदी तथा खोलाहरूमा पनि बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

यद्यपि सोमबार बिहान गरिएको मापनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने हाल सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरूको जलसतह अझै सतर्कता तहभन्दा तल रहेको छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि हाल तत्काल बाढीको खतरा नरहेको जानकारी दिइएको छ।

महाशाखाले मंगलबार पनि देशका सातै प्रदेशका केही साना नदी तथा खोलाहरूमा वर्षाका कारण बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ। त्यसैले नदी किनार, तटीय बस्ती, डुबान सम्भावित क्षेत्र तथा पहाडी जिल्लाका खोल्सानजिक बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षायामका कारण देशका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४