Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरको औद्योगिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीको छापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १८ २०८३
  • 893
    SHARES

काठमाडौं । विराटनगरको चर्चित औद्योगिक घराना देवनरा समूहका मुख्य सञ्चालक उद्योगी प्रकाश मुन्दडाको घर तथा व्यावसायिक कार्यालयमा प्रहरीले सोमबार बिहान व्यापक खानतलासी गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहान करिब पौने ५ बजेदेखि विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित मुन्दडाको निवासलाई घेरा हालेर खोजतलास सुरु गरेको हो।

प्रहरीले एकैसाथ मुन्दडाको घर र समूहसँग सम्बन्धित कार्यालयहरूमा समेत छापा मार्दै आवश्यक कागजात, अभिलेख तथा अन्य सामग्रीको अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि, प्रहरीले छापामारीको स्पष्ट कारण तथा अनुसन्धानको प्रकृतिबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

छापामारी सुरु भएसँगै मेघराज मार्ग तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। गोल्छा मोडदेखि पण्डित मेघराज शर्मा मार्गसम्म प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो भने सर्वसाधारणको आवतजावतमा समेत केही समय प्रभाव परेको स्थानीयले बताएका छन्।

प्रकाश मुन्दडा पूर्वी नेपालको प्रतिष्ठित औद्योगिक घराना देवनरा समूहका प्रमुख सञ्चालक हुन्। उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पल लगायतका उद्योग सञ्चालन गर्दै आएका छन्। त्यसबाहेक साबुन तथा अन्य उत्पादनमूलक उद्योगहरूमा पनि उनको संयुक्त लगानी रहेको बताइन्छ।

मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष समेत हुन्। औद्योगिक तथा व्यावसायिक क्षेत्रमा उनको महत्वपूर्ण प्रभाव रहँदै आएको छ। त्यसैले उनको घर र कार्यालयमा प्रहरीले गरेको छापामारीले उद्योग व्यवसायी वृत्तमा समेत चासो बढाएको छ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान जारी रहेकाले हालै थप विवरण सार्वजनिक गरिएको छैन। छापामारीको उद्देश्य, बरामद भएका सामग्री तथा अनुसन्धानको निष्कर्षबारे सम्बन्धित निकायले औपचारिक जानकारी दिएपछि मात्रै घटनाको पूर्ण विवरण खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४