Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र बंगलादेशसहित ५० देशका नागरिकले अब अमेरिका जान ३० लाख धरौटी बुझाउनुपर्ने नियम लागू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १७ २०८३
  • 437
    SHARES

एजेन्सी । अमेरिकाले नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसा आवेदनमा नयाँ व्यवस्था लागू गरेको छ। नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले अमेरिका प्रवेशका लागि बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसा आवेदन दिँदा ठूलो रकम धरौटीका रूपमा बुझाउनुपर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै धरौटी रकम न्यूनतम १० हजार अमेरिकी डलरदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म निर्धारण गरेको हो। २० हजार अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ३० लाख रुपैयाँभन्दा बढी हुन्छ।

नयाँ व्यवस्थाले विशेषगरी नेपालसहित सूचीमा रहेका देशका नागरिकलाई प्रभावित गर्नेछ। अमेरिका भ्रमण, व्यवसाय वा छोटो अवधिको यात्राका लागि बी–१ वा बी–२ भिसा लिन चाहने आवेदकले भिसा अन्तर्वार्ताअघि नै तोकिएको धरौटी रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

भिसा अस्वीकृत भए रकम फिर्ता हुने

नयाँ नियमअनुसार आवेदकको भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गरी तोकिएको अवधिभित्र स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ।

तर भिसाको अवधि सकिएपछि पनि अमेरिका नछोडी ओभरस्टे गरेमा भने बुझाइएको धरौटी रकम जफत हुने व्यवस्था गरिएको छ। यसले भिसाको सर्त उल्लङ्घन गर्ने तथा निर्धारित समयभन्दा बढी अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने अमेरिकी सरकारको उद्देश्य रहेको जनाइएको छ।

अमेरिकी सरकारले भिसा अवधि सकिएपछि पनि अमेरिका नछोड्ने विदेशी नागरिकको संख्या घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाएको छ। भिसा बन्डलाई आप्रवासन तथा भिसा नियमको पालना सुनिश्चित गर्ने अतिरिक्त उपायका रूपमा प्रयोग गर्न खोजिएको हो।

ट्रम्प प्रशासनको समयमा सुरु भएको कार्यक्रम स्थायी

‘भिसा बन्ड’ कार्यक्रम पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका क्रममा परीक्षणका रूपमा सुरु गरिएको थियो। परीक्षणका क्रममा कार्यक्रम प्रभावकारी देखिएको दाबी गर्दै अमेरिकी सरकारले यसलाई स्थायी कार्यक्रमका रूपमा अघि बढाएको हो।

यस व्यवस्थाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि अमेरिका जाने तयारीमा रहेका सम्बन्धित देशका नागरिकमाथि थप आर्थिक भार पर्नेछ। विशेषगरी ठूलो रकम अग्रिम रूपमा धरौटी राख्नुपर्ने भएकाले भिसा आवेदन प्रक्रियामा आर्थिक पक्षसमेत महत्वपूर्ण बन्ने देखिएको छ।

नेपालसहित ५० देश प्रभावित

अमेरिकी विदेश मन्त्रालयका अनुसार नयाँ भिसा बन्ड व्यवस्थाबाट नेपालसहित बंगलादेश र भुटानका नागरिकसमेत प्रभावित भएका छन्। यी देशका नागरिकले बी–१ र बी–२ भिसाका लागि आवेदन दिँदा नयाँ नियमअनुसार धरौटी बुझाउनुपर्नेछ।

अमेरिकी सरकारले भविष्यमा आवश्यकताअनुसार यो सूचीमा थप देशहरूलाई समेत समावेश गर्न सकिने जनाएको छ।

नयाँ व्यवस्थाले अमेरिका भ्रमण गर्न चाहने नेपाली नागरिकका लागि भिसा आवेदन प्रक्रियालाई थप खर्चिलो बनाउने भएको छ। यद्यपि धरौटी रकम भिसा शुल्क नभई भिसाका सर्त पालना सुनिश्चित गर्न राखिने रकम भएकाले निर्धारित नियम पालना गरी समयमै स्वदेश फर्किने आवेदकले उक्त रकम फिर्ता पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४