Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जातीय र धार्मिक सहिष्णुताका लागि कांग्रेसको सद्भाव र्‍याली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता र शान्ति कायम गर्ने उद्देश्यका साथ नेपाली काँग्रेसका भ्रातृ संस्थाहरूले राजधानीमा सद्भाव र्‍याली आयोजना गरेका छन् ।

तराईका विभिन्न जिल्लाहरूमा हालै उत्पन्न धार्मिक तथा जातीय तनावका बिच सामाजिक सद्भावको सन्देश प्रवाह गर्न यो र्‍याली निकालिएको हो । गत साउन १० गते सुनसरीको कप्तागञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई जनाको मृत्यु भएको थियो ।

त्यसैगरी सिरहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर थप एक जनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बनेको छ ।

उक्त घटनाहरूपश्चात तराईका केही क्षेत्रहरूमा अझै पनि निषेधाज्ञा जारी रहेको र सामाजिक वातावरण असहज बनेको पृष्ठभूमिमा काँग्रेसका भ्रातृ संस्थाहरूले काठमाडौंमा प्रदर्शन गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका हुन् ।

र्‍यालीमा सहभागीहरूले समाजमा विद्यमान सबै धर्म र जातिबिच आपसी मेलमिलाप र भ्रातृत्व कायम हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४