Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिस नेपाल–२०२६ को ताज दीपमाला ढकाललाई


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 1K
    SHARES

काठमाडौं। मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन् । ललितपुरको पुलचोकस्थित द प्लाजामा शनिवार आयोजित ग्राण्ड फिनालेमा उनले प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस नेपाल वर्ल्ड–२०२६’ को ताज आफ्नो नाममा लेखाएकी हुन् ।

देशकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने मिस नेपालमा यस वर्ष देश–विदेशबाट छनोट भएका २४ जना फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम चरणमा आत्मविश्वास, व्यक्तित्व, बौद्धिक क्षमता, प्रस्तुति, सामाजिक दृष्टिकोण तथा मञ्च प्रदर्शनका आधारमा निर्णायक मण्डलले दीपमालालाई विजेता घोषणा गरेको हो ।

मिस नेपाल–२०२६ को ताजसँगै दीपमालाले अब अन्तर्राष्ट्रिय मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक संस्था द हिडन ट्रेजर ९त्जभ ज्ष्ममभल त्चभबकगचभ० का अनुसार विजेताले आगामी महिनाहरूमा विभिन्न सामाजिक अभियान, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसम्बन्धी विशेष प्रशिक्षण प्राप्त गर्नेछिन् ।

दीपमाला यसअघि मिस नेपाल हङकङ–२०२६ को उपाधिसमेत जितेर नेपालमा आयोजित मिस नेपाल प्रतियोगितामा सहभागी भएकी थिइन् । हङकङमा हुर्किएकी ढकाल उच्च शिक्षा पूरा गरेपछि व्यावसायिक क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् ।

कार्यक्रममा सौन्दर्यसँगै उद्देश्य, नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै विभिन्न चरणका प्रतिस्पर्धा सम्पन्न गरिएको थियो । देशका कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले यस वर्ष पनि व्यापक आकर्षण बटुलेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४