Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित आरोही निर्मल पुर्जाको मृत्यु भएको आधिकारिक घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 1.5K
    SHARES

काठमाडौं । पाकिस्तानको काराकोरमस्थित ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोमा परेर चर्चित नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको मृत्यु भएको आधिकारिक रूपमा घोषणा गरिएको छ ।

हिमपहिरोपछि केही दिनदेखि जारी खोज तथा उद्धार अभियानका क्रममा उनको अवस्था पत्ता लगाउने प्रयास भइरहेको थियो । अन्ततः सम्बन्धित निकायले उनको निधन भएको आधिकारिक पुष्टि गरेको हो ।

निर्मल पुर्जा नेपाली पर्वतारोहण क्षेत्रका मात्र होइन, विश्व पर्वतारोहण समुदायकै एक प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित थिए । बेलायती सेनाको विशेष फौज (Special Boat Service–SBS) मा सेवा गरेपछि उनले पूर्णकालीन रूपमा पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाएका थिए ।

उनले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । यसअघि यो कीर्तिमान पूरा गर्न वर्षौं लाग्ने गरेको थियो । उनको यो असाधारण उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको थियो ।

उनले हिमाल आरोहणसँगै दर्जनौं उद्धार अभियानको नेतृत्व गरेका थिए । विशेष गरी सन् २०२३ मा टर्कीमा आएको विनाशकारी भूकम्पपछि उद्धार अभियानमा सक्रिय सहभागिता जनाउँदै उनले मानव सेवामा पनि आफ्नो समर्पण देखाएका थिए । विश्वभरका पर्वतारोहीहरूले उनलाई साहसी, अनुशासित र मानवीय भावनाले भरिपूर्ण व्यक्तिका रूपमा सम्मान गर्दै आएका थिए ।

निर्मल पुर्जाको निधनसँगै नेपालले एक साहसी पर्वतारोही, कुशल उद्धारकर्मी र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने व्यक्तित्व गुमाएको छ। सामाजिक सञ्जालमा नेपाल तथा विश्वभरबाट श्रद्धाञ्जलीको ओइरो लाग्न थालेको छ भने पर्वतारोहण समुदाय शोकमा डुबेको छ ।

ब्रोड पिकमा भएको दुर्घटना र निर्मल पुर्जाको निधनबारे थप आधिकारिक विवरण आउने भने क्रम जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४