Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 703
    SHARES

काठमाडौं । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई नेपाल सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। साथै, यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका अनुसार सरकार र मृतकका परिवारबीच भएको सहमतिअनुसार पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै गणेश यादवको योगदानको सम्मानस्वरूप शहीद घोषणा प्रक्रिया शीघ्र अघि बढाइनेछ।

त्यसैगरी, गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरिने र उक्त उद्यानभित्र उनको शालिक स्थापना गरिने निर्णय पनि भएको छ।

यसअघि सरकार र मृतकका परिवारबीच भएको सहमतिमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारीका लागि पहल गर्ने तथा बुवाको उपचारमा आवश्यक सहयोग गर्ने विषय पनि समावेश गरिएको थियो।

सरकारले घटनासँग सम्बन्धित छानबिनलाई निष्पक्ष रूपमा अघि बढाइने र पीडित परिवारलाई न्याय दिलाउन आवश्यक सबै प्रक्रिया पूरा गरिने प्रतिबद्धता जनाएको छ। साथै, सहमतिपछि सिरहाको अवस्था क्रमशः सामान्य बन्दै गएको र शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालित रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४