Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 931
    SHARES

काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रशासनले शनिबार बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म कर्फ्यु आदेश हटाउने निर्णय गरेको भए पनि संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञालाई भने निरन्तरता दिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार यसअघि साउन १२ गते राति ९ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू गरिएको कर्फ्यु आदेश हालका लागि हटाइएको हो। प्रशासनले सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गए पनि सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा कायम राखिएको जनाएको छ।

पाँच जनाभन्दा बढी भेला हुन रोक

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक तथा धर्ना आयोजना गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न यो निर्णय गरिएको स्पष्ट पारेको छ।

यी क्षेत्रमा निषेधाज्ञा लागू

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा निम्न क्षेत्रहरूमा लागू रहनेछः

इटहरी उपमहानगरपालिका–१६ र १७
रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र
दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र
भोक्राहा नरसिंह गाउँपालिका
कोशी गाउँपालिका
गढी गाउँपालिका
देवानगञ्ज गाउँपालिका
हरिनगर गाउँपालिका
बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र
अर्को सूचना नआएसम्म निषेधाज्ञा कायम

प्रशासनले अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना गर्न नपाइने जनाएको छ।

प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै, संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको निगरानी यथावत् रहने जनाइएको छ।

प्रशासनका अनुसार सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको छ र परिस्थिति अनुसार आवश्यक निर्णयहरू क्रमशः सार्वजनिक गरिनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४