Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहोरो अङ्कले बढ्यो नेप्से, तीन अर्ब ७५ करोड बढीको कारोबार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १५ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । धितोपत्र बजारमा आज सेयर कारोबार उत्साहजनक देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले वृद्धि भई ४७० दशमलव १३ अङ्कमा पुगेको छ। त्यसैगरी, फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ अङ्कमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ अङ्क कायम भएको छ।

नेप्सेका अनुसार आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँ पुगेको छ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूहमा गिरावट आएको छ। बजारमा १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको सेयर मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। यता बोटलर्स नेपाल (तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४