Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तद्वय वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 950
    SHARES

काठमाडौं । निर्वाचन आयोगका नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

यससँगै निर्वाचन आयोगले नयाँ नेतृत्व औपचारिक रूपमा पाएको छ। प्रमुख निर्वाचन आयुक्तसँगै नवनियुक्त निर्वाचन आयुक्त गुरु वाग्ले र डा. राजीव सुब्बाले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। दुवै आयुक्तलाई प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले शपथ गराउनुभएको हो।

मानबहादुर कार्की यसअघि सर्वोच्च अदालतका रजिष्ट्रारका रूपमा कार्यरत रहँदै आउनुभएको थियो। संवैधानिक परिषद्ले उहाँलाई प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो। त्यसपछि संसदीय सुनुवाइ समितिले उहाँको नाममाथि छलफल गरी सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया पूरा भएको हो।

त्यसैगरी, निर्वाचन आयुक्तका रूपमा सिफारिस गरिएका गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। बुधबार बसेको समितिको बैठकले तीनै जनाको नियुक्तिलाई सर्वसम्मत समर्थन जनाएको थियो।

शपथ ग्रहणसँगै प्रमुख निर्वाचन आयुक्त कार्की तथा आयुक्तद्वय वाग्ले र सुब्बाले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। नयाँ नेतृत्वले आयोगको नियमित प्रशासनिक तथा संवैधानिक जिम्मेवारी सम्हाल्दै आगामी निर्वाचनसम्बन्धी तयारी, मतदाता नामावली व्यवस्थापन, निर्वाचन व्यवस्थापन तथा कानुनी दायित्वका कार्यलाई अघि बढाउने अपेक्षा गरिएको छ।

निर्वाचन आयोग नेपालको संवैधानिक निकायका रूपमा संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सञ्चालन, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी वहन गर्दै आएको छ। नयाँ नेतृत्वको आगमनसँगै आयोगको संस्थागत क्षमता सुदृढ हुने तथा आगामी निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४