काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल, मसला तथा माछालगायत विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
आज सार्वजनिक गरिएको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र सानो टनेल गोलभेँडा ३० रुपैयाँ कायम गरिएको छ।
आलुतर्फ रातो लाम्चो आलु ५२ रुपैयाँ, रातो गोलो र मुढे आलु ५३/५३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ तथा सेतो आलु ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ५७ रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
हरियो तरकारीतर्फ लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तै, बोडी ८० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, घिउ सिमी १४० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, भटमासकोशा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ७० रुपैयाँ, घिरौला ६० रुपैयाँ, भिण्डी ६० रुपैयाँ तथा हरियो फर्सी ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागपाततर्फ रायो साग र पालुङ्गो साग प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज २०० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ तथा पुदीना ४०० रुपैयाँसम्म निर्धारण गरिएको छ।
च्याउतर्फ कन्ये च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
फलफूलमा फूजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दसहरी आँप २०० रुपैयाँ, जुनार ३०० रुपैयाँ, तरबुजा ७० रुपैयाँ, ड्रागन फ्रुट ४०० रुपैयाँ, आभोकाडो ८०० रुपैयाँ तथा अमला २८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, हरियो खुर्सानी (अकबरे) २५० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ९० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ र नेपाली सुकेको लसुन २०० रुपैयाँ कायम गरिएको छ।
माछातर्फ रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ, छडी माछा ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो अधिकतम थोक मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको यो मूल्यसूची अधिकतम थोक मूल्य भएकाले खुद्रा बजारमा ढुवानी, भण्डारण तथा अन्य लागतका आधारमा मूल्य केही फरक हुन सक्ने जनाएको छ।