Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरी घटनाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 741
    SHARES

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे उच्च सुरक्षा अधिकारीहरूसँग विस्तृत ब्रिफिङ लिँदै सुरक्षा संयन्त्रलाई थप सक्रिय र सतर्क रहन निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उक्त भेटमा सुनसरीको पछिल्लो सुरक्षा अवस्था, घटनापछिको समग्र परिस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमका विषयमा विस्तृत जानकारी लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुरक्षा निकायका प्रमुखहरूले घटनापछिको अवस्थाबारे जानकारी दिँदै प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा उपस्थिति बढाइएको, संवेदनशील स्थानमा निगरानी कडा पारिएको तथा स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति–सुरक्षा कायम राख्ने कार्य भइरहेको जानकारी गराएका थिए। उनीहरूले सम्भावित अप्रिय गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको समेत बताएका थिए।

ब्रिफिङपछि प्रधानमन्त्री शाहले सुनसरीको अवस्था तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति बिथोल्ने कुनै पनि गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले कानुनको शासन कार्यान्वयनमा कुनै पनि प्रकारको कमजोरी स्वीकार्य नहुने उल्लेख गर्दै शान्ति–सुरक्षा कायम राख्ने विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्। उनले परिस्थितिलाई संवेदनशील रूपमा मूल्याङ्कन गर्दै आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय कायम राख्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, भ्रामक सूचना तथा उत्तेजनात्मक सामग्रीप्रति विशेष निगरानी राख्न सुरक्षा निकायलाई निर्देशन दिँदै यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने भएकाले कानुनी दायराभित्र रहेर आवश्यक कारबाही गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले गृह मन्त्रालय मातहत रहेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिँदै नागरिकमा सुरक्षा अनुभूति कायम राख्ने गरी काम गर्न जोड दिएका छन्। साथै कुनै पनि सम्भावित जोखिमको पूर्वआकलन गरी आवश्यक सुरक्षा तयारीलाई थप प्रभावकारी बनाउन पनि उनले सुरक्षा निकायलाई सचेत गराएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले सुनसरीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप निर्णय तथा सुरक्षा व्यवस्थापनका कदम चालिनेछ। नागरिकलाई अफवाहमा विश्वास नगरी आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र भरोसा गर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि सरकारका तर्फबाट आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४